प्रहरीले गोल्डेन गेट इलाकाबाट ६ जनालाई पक्राउ गरेको छ।
तीन सय ग्राम सुनका गहनासहित छ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छश्र
वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशबाट फर्किएका कामदारबाट नेपाल ल्याइएको उक्त सुनसहित प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
परिसर प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक अशोक सिंहका अनुसार पछिल्लो समय त्यस्ता कामदारमार्फत सुन भित्र्याइने गरेको सूचना प्रहरीलाई आएको थियो।
पक्राउ परेका व्यक्ति र सुनको चुरालाई आश्यक कारबाहीका लागि गौशाला वृत्तमा बुझाइएको छ।
भन्सार तथा राजश्व चुहावट अन्तर्गत उनीहरूलाई कारबाही हुने प्रहरीले जनाएको छ।
पछिल्लो १० महिनामा काठमाडौंमा मात्रै भन्सार छलीको ६७ लाख ९८ हजार तीन सय रुपैयाँ बराबरको भन्सार छलीको सामग्र बरामद भएको प्रहरीले जनाएको छ।