बैतडीमा बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन्।
बिहीबार बिहान महेन्द्रनगरबाट छुटेकाे ना ७ ख २५७० नम्बरको बस मेलौली नगरपालिका-२ मा दुर्घटनामा परेकाे थियाे।
साे दुर्घटनामा कञ्चनपुरको दैजी बस्ने ३१ वर्षीया पुजा भट्ट, बैतडीको मेलौलीका ४८ वर्षीय कमलापति भट्ट, साेहि नगरपालिकाका ३४ वर्षीय दुर्गादत्त भट्ट, मनिष चन्द घाइते भएका छन्।
यस्तै शिवनाथ गाउँपालिकाका २९ बर्षीय जनक औजी, सुशीला चन्द, ६८ वर्षीय राम सिंह साउद रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
यस्तै साेहि दुर्घटनामा बारा जिल्ला घर भएका ४५ बर्षीय सिराज अन्सारी पनि घाइते भएका छन् घाइते आठै जनाकाे डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेकाे जनाएको छ।