एमजी गाडीको लागि नेपालका एक मात्र आधिकारिक आयातकर्ता र वितरक पारामाउन्ट मोटर्स प्रालिले नेपालमा आफ्नो नयाँँ विद्युतीय एसयुभी एमजी जेडएसको अग्रिम बुकिङ खुला गरेको छ।
यो मोडलमा २८० एनएमको अधिकतम टर्क प्रदान गर्न सक्ने ९९ किलोवाटको मोटर र ५१ केडब्ल्युएचको ब्याट्री क्षमता रहेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार यसको ब्याट्री आधा घन्टामै ८० प्रतिशत चार्ज हुन्छ। एकपटकको चार्जमा ३२० किलोमिटर चल्छ। त्यस्तै यसको ब्याट्री-लाइफ ८ वर्षको छ।
सुरक्षाका लागि यसमा ६ वटा एयर ब्याग छन्। त्यस्तै इएसपी, इएबी, एचडिसी, अटो होल्ड जस्ता फिचर छन्। मनोरन्जनका लागि प्रिमियम पानोरमिक सन–रूफ, डिएबी रेडियो र ब्लुटुथ युक्त १०.१ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, ड्राइभरका लागि ७ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, वायरलेस फोन चार्जिङ, कि–लेस एन्ट्री र स्टार्ट, ६ वटा स्पिकर सहितको थ्रिडी साउन्ड सिस्टम, ड्राइभरका लागि ६वे र फ्रन्ट पेसेन्जरको लागि ४वे इलेक्ट्रिकल एड्जस्टेबल लेदर पावर सिट, दुइटा इसोफिक्स चाइल्ड सिट एन्कोरेज प्वाइन्टहरू (आउटर रियर सिटहरू), ६०/४० फोल्डिङ रियर सिटहरू, रूफ रेल, पावर–फोल्डिङ जस्ता फिचर भएको कम्पनीले जनाएको छ।
यो गाडी दुई वटा संस्करणमा उपलब्ध छ। कम्फर्ट भेरियन्टको मूल्य ४८ लाख ४९ हजार रूपैयाँ छ भने डिलक्सको ५२ लाख ४९ हजार रूपैयाँ तोकिएको छ।
वैशाखबाट उपभोक्ताहरूलाई डेलिभरी गर्न सुरू गरिने यो एसयुभी एक लाख रूपैयाँ (डिपोजिट) तिरेर अग्रिम बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ।
प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९, २०:२७:००