नेपाल मुद्रा विप्रेषक संघको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। संघका अध्यक्ष सुमन पोखरेलको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभाको सञ्चालन सचिव ईन्द्र प्रसाद शर्माले गरेका थिए।
संघको कार्य प्रगती प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष पोखरेलले रेमिट्यान्सको पछिल्लो अवस्था सन्तोषजनक नरहेको बताए। साथै औपचारिक माध्यमबाट रेमिट्यान्स भित्राउन सबैले सामुहिक प्रयत्न गनुपर्नेमा जोड दिए।
संघको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संघका महासचिव रितेश मित्तलले कोभिड १९ का कारण नकरात्मक हुने अपेक्षा गरिएको रेमिट्यान्स गत आर्थिक वर्षमा वृद्धि भएको बताए। तर यस आर्थिक वर्षमा सुरुदेखि नै आएको गिरावटप्रति उनले चिन्ता व्यक्त गरे।
संघको सम्पन्न १६औं वार्षिक साधारण सभाले नयाँ नेतृत्वमा चन्द्र टण्डन (सिटी एक्सप्रेस मनी ट्रान्सफर) लाई अध्यक्षमा चयन गरेको छ।
अध्यक्ष टण्डनको नेतृत्वमा चयन भएको नयाँ कार्यसमितिमा रितेश मित्तल उपाध्यक्ष (नेपाल रेमिट ईन्टरनेशनल), सञ्जय सिग्देल महासचिव ( सूर्या रेमिट) ईन्द्र प्रसाद शर्मा कोषाध्यक्ष (आईपे रेमिट) तथा सचिवमा दिपेन्द्र खनाल (ईजिलिङ्क रेमिट्यान्स)चयन भएका छन्। यसैगरी सदस्यतर्फ प्रविन अधिकारी (क्यास वे मनिट्रान्सफर), दिवाकर पौडेल (जिएमई रेमिट), सञ्जिव पाठक (ए टि टि रेमिट), चयन भएका छन्।
संघको बिधानत अध्यक्षबाट मनोनित हुने २ जना सदस्यहरुमा भने युमा श्रेष्ठ (हिमालयन बैंक) र रामेश्वर सापकोटा (प्रभु मनिट्रान्सफर) मनोनित भएका छन्।
नवनिर्वाचित अध्यक्ष चन्द्र टण्डनले नेपालमा रेमिट्यान्स क्षेत्रलाई संस्थागत गर्दे विस्तारित र मर्यादित उद्योगको रुपमा विकास गर्दै लैजाने बताए। यससँगै सम्पुर्ण रेमिट्यान्स कम्पनीहरुको संस्थागत हितको लागि कामगर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले आइएमई र आईएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालको भूमिकाको स्मरण गर्दै उनको मिहेनत र प्रयासबाट नै रेमिट्यान्स क्षेत्र यति ठूलो व्यवसायको क्षेत्र बनेको उल्लेख गरे