नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
बैंकको आइतबार बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ५.२६३२ प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित लाभांश नेपाल सरकार, अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लाभांश वितरण हुनेछ।