Setopati साहित्यपाटी
Subscribe Setopati
शनिबार, असार २१, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • प्रिमियम स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • विचार
  • नेपाली ब्रान्ड
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • कभर स्टोरी

एक जोडीको कथा

इरिना सामारिना (भावानुवादः जुगल भुर्तेल)

इरिना सामारिना (भावानुवादः जुगल भुर्तेल)

यस पटक रुसी-युक्रेनी कवियत्री इरिना सामारिनाद्वारा सन् २०१३ मा लिखित 'द्भा आब्सोल्युत्नो राजनिख चेलोभेका' शीर्षकको कवितामा आधारित यो एक जोडीको कथा लिएर आएको छु। कथाले भन्छ जीवन भनेको वास्तवमा विपरीतहरूको संघर्ष र संयोग नै हो। र, हामी सबैलाई थाहै छ जीवन एउटा सम्झौता पनि हो। 
 
 
ओत लागेर एक जोडी 
हेरिरहेको थियो झरी
छमछमी नाचिरहेको 
बगैँचा नै नचाउने गरी
उसले भनी, 'झमझम वर्षा
हृदयको ओखती र मनको शान्ति हो'
उसले भन्यो, 'वर्षा भेल हो, हिलो हो,
र, भावना...भावना केवल भ्रान्ति हो'
 
एकैछिनमा रोकियो झरी 
कालो वादल अन्तै भाग्यो 
प्रकृतिको सुन्दर लीला
झलमल्ल घाम लाग्यो
उसले भनी, 'यो न्यानो, यो उज्यालो
ईश्वरको बरदान हो'
उसले भन्यो, 'भो भो जाऊँ उता छायामा, 
सारै चर्को घाम भो' 
 
पार्कमा धेरै भिड थियो
मान्छेहरू आउँथे जान्थे 
तीव्र थियो जीवनको गति 
प्रकट हुन्थे, झट्टै बिलाउँथे 
उसले भन्यो, 'हतारिएर यसरी 
कहाँ जानु, के पाउनु छ?' 
उसले सोधी, 'के थाहा, तिनलाई
कति काम भ्याउनु छ?'
 
 
एउटा मानिस चौरमा 
लडेको थियो लमतन्न
शंकालु मान्छे हेर्दै जान्थे 
फत्फताउँदै मन्द मन्द 
उसले भन्यो, 'पशुले जस्तो, 
हरे कति सकेको पिउन'
उसले भनी, 'बिरामी पो भयो कि, 
लौ न डाक्टर बोलाऊँ न !'
 
पार्कमा थिए थुप्रै जोडी
सुनिरहेका मुटुको धडकन 
थिएन वास्ता दुनियाँको 
भंग हुँदैथिए सबै बन्धन 
उसले भन्यो, 'पछि गाह्रो हुन्छ, 
भो, मायामा यसरी कोही नपरोस् ' 
उसले भनी, 'कति खुशी छन् , 
ईश्वरले तिनको जीवन प्रेमले भरोस् !'
 
हिँड्दाहिँड्दै रोकिई ऊ 
हेर्दै पसलको झ्यालभित्र 
कुन सौन्दर्यले मुग्ध गरायो
अनभिज्ञ थियो उसको मित्र 
उसले भन्यो, 'वर्षौं नपुछे जस्ता,
छ्या कति फोहोर टेबुलहरू'
अवाक हुँदै उसले सोधी, 'के तिमीले देखेनौ, ती टेबुलमा सजाएका फूलहरू?'
 
र, घरमा...
खुशी र उत्साहले बोलाउँदै
उसले झ्यालतिर देखाई
'ऊ.......उता हेर त'
उसले भन्यो, 
'धेरै भएछ नपुछेको, 
धुलो जमेछ शिशामा'
उसले भनी, 'हत्तेरी, कस्तो मान्छे,
देखेनौ कति ठूलो चन्द्रमा !'
 
एउटाले आधा शताब्दी 
यस्तै असन्तोषमा बितायो
अर्कोले माया गर्यो 
सारा संसार, यो सृष्टि, 
यो उज्यालो
 
दुई प्राणी
बिलकुलै पृथक रूचिका 
धेरै वर्ष भयो
यसरी एउटै घरमा बसेका !!
प्रकाशित मिति: शनिबार, पुस १२, २०७६  १३:४१
सिफारिस
कुलिङ पिरियड प्रकरणमा छानबिन गर्न ७ सदस्यीय विशेष संसदीय समिति गठन गर्ने निर्णय
कुलिङ पिरियड प्रकरणमा छानबिन गर्न ७ सदस्यीय विशेष संसदीय समिति गठन गर्ने निर्णय
सांसदहरूले हंगामा मच्चाएको कुलिङ पिरियड षड्यन्त्रको 'मक्सद' के?
सांसदहरूले हंगामा मच्चाएको कुलिङ पिरियड षड्यन्त्रको 'मक्सद' के?
जब उनले भाडामा दिएको आफ्नो जग्गा बिक्री भइसकेको थाहा पाइन्
जब उनले भाडामा दिएको आफ्नो जग्गा बिक्री भइसकेको थाहा पाइन्
उनी आज पनि छोराबुहारीलाई सोधिरहन्छन्– दही जमायौ?
उनी आज पनि छोराबुहारीलाई सोधिरहन्छन्– दही जमायौ?
सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा नाउपाभित्र बाझियो मत
सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा नाउपाभित्र बाझियो मत
घट्यो अमेरिकी डलरको भाउ
घट्यो अमेरिकी डलरको भाउ
राष्ट्रियसभाको बैठक बस्दै, यी हुन् कार्यसूची
राष्ट्रियसभाको बैठक बस्दै, यी हुन् कार्यसूची
एमालेको विधानमा छलछाम: महासचिव शंकर पोखरेललाई कर्ण थापाको 'काउन्टर'
एमालेको विधानमा छलछाम: महासचिव शंकर पोखरेललाई कर्ण थापाको 'काउन्टर'
चोभार गल्छीका चट्टानहरू हटाउने कुनै तयारी छैन: सहरी विकास मन्त्रालय
चोभार गल्छीका चट्टानहरू हटाउने कुनै तयारी छैन: सहरी विकास मन्त्रालय
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

मेरो नि भिसा आयो बा!
शव बनेको सपना!
थर हराएको प्राणी!
पुँजीवादको बाटो!
समाजसेवी!
म के चाहन्छु?

विचार

डा. पेशल खनाल
संसदका माननीय सदस्यलाई खुला पत्र– शिक्षक बन्न यस कारण पढ्नुपर्छ शिक्षाशास्त्र! डा. पेशल खनाल
अमित ढकाल
गृहमन्त्री लेखकलाई प्रश्न– नेपालीको बोली र गालीको सीमा के हो? अमित ढकाल
विजयमणि पौडेल
केयुको शिक्षा संकाय कायापलट गरिदिने प्राध्यापक विजयमणि पौडेल
तुलानारायण साह
यदुकुहामा उनको घर प्रहरीले घेरे, प्रहरीलाई गाउँलेले तुलानारायण साह

ब्लग

प्रज्ञा शर्मा
अल्छी बुहारी! प्रज्ञा शर्मा
अनिता कोइराला
किन काट्नुपर्यो छोरीसँग बुहारीको कुरा! अनिता कोइराला
मोहन पोखरेल
म को हुँ, किन छु? मोहन पोखरेल
डा. शेरबहादुर पुन
लामुखुट्टेले टोक्ने बित्तिकै डेंगी हुन्छ? कसरी थाहा पाउने? (भिडिओ) डा. शेरबहादुर पुन

साहित्यपाटी

ब्लुभिजन सुबेदी
मेरो नि भिसा आयो बा! ब्लुभिजन सुबेदी
सुबास अधिकारी
शव बनेको सपना! सुबास अधिकारी
सुशिला शर्मा ‘शिलु’
थर हराएको प्राणी! सुशिला शर्मा ‘शिलु’
सन्तोष पौडेल
पुँजीवादको बाटो! सन्तोष पौडेल

केटाकेटीका कुरा

दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल
अर्थमा पाण्डे
आमा! अर्थमा पाण्डे
समाज पाण्डे
मेरो गाउँको सुन्दर घर! समाज पाण्डे

पाठक विचार

महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक
सन्दिप पराजुली
विदेशी नागरिकताको 'युद्ध जिते'पछि सामाजिक सञ्जालमा देशप्रेमको ज्वारभाटा! सन्दिप पराजुली

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP