देशमा महामारीले गाँजेको बेला सत्ताका कमी कम्जोरी प्रति मौन रहनेहरुलाई झक्झक्याउन गोरख पाण्डेका यी ३ कविता सान्दर्भिक लाग्यो । त्यसैले यिनको अनुवादको दुस्साहस गरियो।
तटस्थ के प्रति
चैन की बाँसुरी बजाइये आप
शहर जलता है और गाइये आप
हैं तटस्थ या कि आप नीरो हैं
असली सूरत ज़रा दिखाइये आप
तटस्थका प्रति
चैनको बाँसुरी बजाउनुस् तपाईं
शहर जल्दैछ तर गाउनुस् तपाईं
तपाईं तटस्थ कि ‘निरो’ हो
असली अनुहार खै देखाउनुस् तपाईं
यौन, मदिरा र नशामा मस्त रहने रोमका शासक ‘निरो’को अत्यधिक संगीत प्रेमका कारण सन् ६४ ताका रोम जल्दै गर्दा उनी बाँसुरी बजाइरहेका थिए भन्ने भनाई चल्तीमा रहेको पाइन्छ।
***
तुम्हें डर है
हज़ार साल पुराना है उनका गुस्सा
हज़ार साल पुरानी है उनकी नफ़रत
मैं तो सिर्फ़
उनके बिखरे हुए शब्दों को
लय और तुक के साथ लौटा रहा हूँ
मगर तुम्हें डर है कि
आग भड़का रहा हूँ
तिमीलाई डर छ
हजार वर्ष पुरानो छ उनको रिस
हजार वर्ष पुरानो छ उनको घृणा
म त फगत
उनकै छरिएका शब्दहरूलाई
लय र अनुमानका साथ फर्काउँदैछु
तर तिमीलाई डर छ कि
म आगो भडकाउँदै छु
***
उनका डर
वे डरते हैं
किस चीज़ से डरते हैं वे
तमाम धन-दौलत
गोला-बारूद पुलिस-फ़ौज के बावजूद ?
वे डरते हैं
कि एक दिन
निहत्थे और ग़रीब लोग
उनसे डरना
बंद कर देंगे ।
उनको डर
ती डराउँछन्
के देखि डराउँछन्
तमाम धन–दौलत
गोली–गट्टा, पुलिस–सेना हुँदा हुँदै पनि ?
ती डराउँछन्
कि एक दिन
निहत्था र गरिबहरू
तिनीहरूसँग डराउन
बन्द गरिदिनेछन् ।