बिहानीको मिर्मिरेले अध्यारो पर्दा चिर्दै गर्दा
उज्यालोको सुनौलो किरण झुल्किने बेला
ब्युझिन नपाउँदै बिस्ताराबाटै बर्बराउन लागे
फेरि उनै बा बौलाउन लागे।
किन हो कुन्नी कहिले मात्तिएझै लाग्छ
केको रिस हो खै तात्यिए झैं लाग्छ
सबैको प्रेसरले हो कि घरि आत्तिए झैँ लाग्छ
बोल्दा बोल्दै बोलेको कुराबाटै डराउँछन् कहिले
सुन्दैनन् अरूलाई बेलाबेला लरबराउँछन् जहिले
फेरि उनै बा बौलाउन लागे।
अहिले त कसैलाई बोल्नै दिँदैनन्
नजिकैको बाटोमा हिँड्नै दिँदैनन्
बोल्यो कि कोही पोलेझैं ठान्छन्
हिँडेको कोही गोली झैं मान्छन्
आफ्नै छायासँग नि भाग्छन्
नजिककै आफ्नैलाई तीर ताक्छन्
फेरि उनै बा बौलाउन लागे।
शकुनीको पासा खोजी हिड्छन्
श्रीमतीलाई गान्धारी भनि बोलाउँछन्
कहिले सपनामै बर्बराउँदै बोल्छन्
हिटलर, मुसोलिनी र सद्दाम बन्छु भन्छन्
घरमै आगो लगाएर नि कति खुसी देखिन्छन्
अझै खरानीको व्यापार गर्छु पो भन्छन्
फेरि उनै बा झन् बौलाउँदै पो गए।
बा बैलाएको पिर छैन कसैलाई
छोरा नातीहरू 'लभ यू बा' भन्छन्
ऊ आयो यो गयो... गन्दै बस्छन्
बालाई नंगाउँदै घुमाउँदै छन्
बेलैमा कसैले भनिदिए हुने
राम्रो उपचार नि गरिदिए हुने
बा झनै बोलाउँदै गए र पो।
गाउँमा बलात्कार बढिराछ झनै
भ्रष्टाचारको चमत्कार विश्वमै आयो
हत्या र बेचैनी रेकर्डनै रह्यो
छैन चिन्ता बालाई कोही कसैको
हावामा उड्ने र पानीमा गुड्ने
मात्र रहर अति भो
साच्चै बा बौलाउँदै गए।
बाले पृथ्विनारायण पढेका
गौतम बुद्द र राम भक्ति नि बनेका
बाको सन्किपन चढिराछ माथि
बिरालो मर्यो भने उपियाँ नि हुन्न साथी
उफ्! मलाई मात्र किन पिर धेरै परेको
नयाँ घर जलाएर अर्को बनाउने कति रहर बढेको
लभ यू होइन 'गेट वेल सुन' भन्नु पर्ने भो
बाको बौलाहपन घाडो भो 'गेट वेल सुन' बा।