सामाजिक सञ्जालमा कुनै अज्ञात लेखकको एउटा सुन्दर हिन्दी सिर्जना भेटियो।
प्रस्तुत छ, त्यसैमा आधारित रहेर नेपालीकरण गरिएको कविता।
तो जाते जाते मैंने उससे पुछा
की क्या हम कभी कभी
बात नहीं कर सकते?
तो उसने कहा
की हमारा बात ना करना
अब ज़रूरी हैं
र… जाँदा जाँदै मैले उसलाई सोधेँ
के हामीले कहिलेकाहीँ
यसो बात मार्न मिल्दैन?
…
उसले भन्यो,
अब हामीले कुराकानी
नगर्न जरूरी छ
तिमी मबाट र म तिमीबाट
टाढा हुन जरूरी छ,
जरूरी छ अब फर्किन…
तिमीले आफ्नै संसार,
र…मैले…
मैले पनि आफ्नो छुट्टै
नयाँ संसार बनाउन
जरूरी छ
म जस्तो चाहन्छु
तिमीलाई आफ्नो जीवनमा
…
तिम्रो चाहना… त्यस्तो छैन
त्यसैले तिमी अब जाऊ
म यतै हुनेछु
र, त्यही ठीक हुनेछ
जे जति भइसक्यो
बितेर गइसक्यो
किन…
किन त्यसलाई अझै फेरि
जबरजस्ती बिउँझाउनु पर्छ?
हाम्रो माया एउटा फूल थियो,
त्यसले अब ओइलाउनु पर्छ
र, साँच्चै भनुँ…
मसँग कुरा गरिरह्यौ भने
तिमी… हरेक मान्छेमा मलाई खोज्नेछौ,
तिमी मेरी नभएर पनि
हरेक क्षण… मेरी नै रहनेछौ
रहनेछ सधैं…
मेरा कुरामा तिम्रो तिर्सना
र, तिम्रो आँखामा मेरो चाहना
…
तिमी सधैं
त्यही तृष्णामा रहनेछौ
मसँग बोली रह्यौ भने
तिमी सधैं….
मेरै रहनेछौ
तिमी,
मेरी नै रहनेछौ!