लर्निङ डिस्कोर्स
नेपालमा विद्यालय शिक्षामा बालबालिकाको पहुँच उल्लेखनीय बढेको छ। विद्यालय भवन, कक्षाकोठा तथा अन्य भौतिक पूर्वाधारमा पनि सुधार भएको छ।
तर उनीहरूले अपेक्षित ज्ञान र सीप हासिल गर्न नसक्नु अहिलेको मुख्य चुनौती भएको शिक्षा क्षेत्रमा काम गर्दै आएका सगेन्द्रमान श्रेष्ठ बताउँछन्।
'लर्निङ डिस्कोर्स' को यस अंकमा नरोत्तम अर्यालले आनन्दकुटी विद्यापीठ स्कुलका प्रिन्सिपल समेत रहेका श्रेष्ठसँग सार्वजनिक विद्यालय शिक्षा, सिकाइको गुणस्तर, शिक्षक तथा शैक्षिक नेतृत्वको भूमिका र सार्वजनिक शिक्षा सुधारका सम्भावनाबारे विस्तृत छलफल गरेका छन्।
श्रेष्ठका अनुसार अब विद्यार्थी विद्यालय पुगे कि पुगेनन् भन्दा पनि उनीहरूले के सिकिरहेका छन् भन्ने विषयलाई प्राथमिकतामा राख्नुपर्छ। शिक्षकमा विषयगत ज्ञान, शिक्षण सीपसँगै सही मानसिकता आवश्यक हुन्छ।
शिक्षक सेवा आयोगको परीक्षा उत्तीर्ण गर्नु मात्र पर्याप्त नभई कक्षाकोठामा प्रभावकारी रूपमा पढाउने अभ्यासमा पनि ध्यान दिनुपर्ने उनको भनाइ छ।
त्यस्तै, प्रधानाध्यापकको भूमिका प्रशासनमा मात्र सीमित नभई विद्यालयको सिकाइ र शैक्षिक नेतृत्वमा केन्द्रित हुनुपर्ने उनी बताउँछन्।
शिक्षक तथा प्रधानाध्यापकको निरन्तर व्यावसायिक विकास, कोचिङ र मेन्टरसिपमार्फत सार्वजनिक विद्यालयको गुणस्तर सुधार गर्न सकिने उनको धारणा छ।
प्रस्तुत छ आनन्दकुटी विद्यापीठ स्कुलका प्रिन्सिपल सगेन्द्रमान श्रेष्ठसँग नरोत्तम अर्यालले गरेको बहसः