नेपालमा सार्वजनिक विद्यालयमा विद्यार्थीको पहुँच उल्लेखनीय रूपमा बढे पनि सिकाइको गुणस्तर अझै चुनौतीपूर्ण छ।
'लर्निङ डिस्कोर्स' को यस अंकमा नरोत्तम अर्यालले शिक्षाविद तथा शिक्षा अनुसन्धानकर्ता प्रमोद भट्टसँग सार्वजनिक विद्यालय शिक्षा, सिकाइको गुणस्तर, शिक्षाको इतिहास, बजेट व्यवस्थापन र सुधारका सम्भावनाबारे विस्तृत छलफल गरेका छन्।
भट्टका अनुसार विद्यालय जाने बालबालिकाको संख्या बढ्नु हाम्रो ठूलो उपलब्धि हो। तर विद्यार्थीले अपेक्षित ज्ञान र सीप हासिल गर्न नसक्नु अहिलेको सबैभन्दा ठूलो चुनौती हो। राष्ट्रिय अध्ययनहरूले आधारभूत तहदेखि नै पठन र सिकाइ उपलब्धि कमजोर रहेको देखाएको छ।
अधिकांश सामुदायिक विद्यालय स्थानीय समुदायको पहलमा स्थापना भएको उल्लेख गर्दै उनले समुदायको योगदान सार्वजनिक शिक्षाको आधार रहेको बताए।
अब पहुँच विस्तारभन्दा गुणस्तरीय सिकाइ सुनिश्चित गर्नु राज्यको मुख्य प्राथमिकता हुनुपर्ने उनको जोड छ।
पर्याप्त बजेट, दक्ष शिक्षक, प्रभावकारी व्यवस्थापन, आधुनिक पूर्वाधार र व्यवहारिक शैक्षिक नीतिबिना सार्वजनिक विद्यालयको गुणस्तर सुधार सम्भव नहुने उनले बताए।
नेपालको विविध सामाजिक र भौगोलिक अवस्थाअनुसार शिक्षाको योजना र लगानी गर्नुपर्नेमा पनि उनले जोड दिएका छन्।
प्रस्तुत छ शिक्षा अनुसन्धानकर्ता प्रमोद भट्टसँग नरोत्तम अर्यालले गरेको कुराकानी–