नेपाल सरकारका विभिन्न मन्त्रालय र विभागका वेवसाइटहरु ह्याक भएका छन्।
बुधबार बिहानदेखि सरकारी वेभसाइटहरु खासगरी रक्षा मन्त्रालय, न्याय, कानुन तथा संसदीय व्यवस्था, वाणिज्य मन्त्रालयका वेवसाइटहरू ह्याक भएको हो। यस्तै परराष्ट्र मन्त्रालयको पासपोर्ट शाखाको वेवसाइट पनि ह्याक भएको छ।
यी साइटहरु शुरुमा खोल्दा खोलिएजस्तो भए पनि त्यसको केही मिनेटमै बन्द हुन्छन्।