भारत सरकारले हुलाकी मार्ग स्तरोन्नति तथा निर्माणका लागि नेपाललाई करिब १ अर्ब २९ करोड रकम हस्तान्तरण गरेको छ।
नेपाल-भारतको संयुक्त आयोगको बैठकमा भाग लिन बुधबार नेपाल आइपुगेका भारतीय विदेशमन्त्री एस जयशंकरले समकक्षी प्रदीप ज्ञवालीलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्।
तराईको सडक स्तरोन्नतिको लागि भारतले नेपाललाई ५०० करोड भारु सहयोग गर्ने बाचा गरेको थियो। सोही अनुरूप जयशंकरले रकम हस्तान्तरण गरेका हुन्।