सरकारले सीमा निरीक्षण समितिमार्फत् नेपाल-भारत र नेपाल-चीन सीमा विवाद हल गर्ने तयारी गरेको छ।
सरकार प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सीमा विवाद निरीक्षण समिति गठन गर्ने निर्णय भएको बताए।
भारतले नयाँ राजनीतिक नक्सामा नेपालका लिम्पियाधुरा, कालापानी, लिपुलेकलगायत भूमि समावेश गरेपछि नेपालमा विरोध भइरहेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि कालापानीबाट सेना हटाउन भारतलाई आग्रह गरिसकेका छन्।
उनले नेपालको एक इन्च जमिन पनि अतिक्रमण हुन नदिने बताएका थिए।