नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ६ बाट महाधिवेशन प्रतिनिधिमा गोविन्द परियार निर्वाचित भएका छन्।
कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयमा रहेर प्रेस हेर्दै आएका गोविन्द सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि भएका हुन्।
गोविन्द यसअघि देउवा प्रधानमन्त्री हुँदा पनि प्रेस संयोजक थिए। उनले लामो समय पत्रकारिता गरेका थिए।
तनहुँका गोविन्द पछिल्लो समय काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ मा कांग्रेस राजनीतिमा सक्रिय छन्।