दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
घोराही उपमहानगरपालिका वडा नं. १४ कपासी बगिया निवासी ४८ वर्षीय रामु चौधरीको मृत्यु भएको छ।
कपासी बगिया गाउँमा बिजुलीको पोलमा चढेर बिग्रिएर मर्मत गर्ने क्रममा सोमबार बेलुका ९ बजेतिर चौधरीलाई करेन्ट लागेको थियो।
करेन्ट लागेपछि चौधरी पोलबाट भुइँमा बजारिएका थिए। गम्भीर घाइते चौधरीको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।
खोलामा महिलाको शव फेला
दाङको भालुवाङमा एक महिलाको शव फेला परेको छ।
राप्ती गाउँपालिका वडा नं. १ को मैरीखोला पुलमुनि दुर्गन्धित अवस्थामा महिलाको शव फेला परेको छ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत मैरीखोलामा फेला परेको शवको पहिचान हुन सकेको छैन।
मंगलबार बेलुका साढे ४ बजेसम्म मुचुल्का उठाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ। मृतक महिलाको उमेर अन्दाजी ३० देखि ३५ वर्षको रहेको प्रहरीले अनुमान गरेको छ।