सशस्त्र प्रहरी गण त्रिपुरा जुम्लामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक अभिषेक थापाको ‘अचानक’ मृत्यु भएको छ।
बुधबार बिहान बेहोस अवस्थामा भेटिएका थापालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले मृत घोषणा गरेको हो।
'मंगलबार राति सकुशल खाना खाएर सुत्नु भएको उहाँ बिहान शारीरिक अभ्यास गर्न नआएपछि खोजी गर्दा बेहोस अवस्थामा भेटिनुभएछ। अस्पतालले उहाँलाई मृत घोषित गरेको हो', सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता सुरजकुमार श्रेष्ठले भने।
मृत्युको कारणबारे अनुसन्धान भइरहेको उनले बताए।