काठमाडौं उपत्यकामा १४४ संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १०५, ललितपुरमा ३० र भक्तपुरमा ९ संक्रमित छन्।
यस्तै काठमाडौं उपत्यकामा १६०७ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ५९०, भक्तपुरमा ४६७ र ललितपुरमा ५५० सक्रिय संक्रमित छन्।
नेपालमा थप ३५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
नेपालमा थप ३५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
८ हजार ७२९ जनाको पिसिआर परीक्षण र १४४५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
नेपालमा हाल ७ हजार ३०० जना सक्रिय संक्रमित छन्।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ९ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ५०९ पुगेको छ।
२७३ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.७ प्रतिशत छ।