रौतहटबाट स्रोत नखुलेको साढे ४ लाख नगदसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
शुक्रबार दिउँसो साढे १ बजे गौर नगरपालिका वडा नम्बर १ बाट प्रहरीले एक जनालाई पक्राउ गरेको प्रहरी निरीक्षक दिनेशबहादुर कुँवरले जानकारी दिए।
भन्सार सुरक्षा गार्डबाट खटिएको प्रहरी चेकिङ टोलीले सवारी साधन तथा पैदल यात्रुलाई चेक गरिरहेको थियो।
त्यसबेला बिआर ३० एबी २६५७ नम्बरको मोटरसाइकललाई चेक गर्दा मोटरसाइकलको एयर फिल्टरबाट साढे ४ लाख रकम फेला परेको थियो।
सो रकमको स्रोत नखुलेको भन्दै प्रहरीले भारत बिहारको सितामढी बैरगिनिया बस्ने १९ वर्षीय विकासकुमार पासवान पक्राउ गरेको हो।
उनीमाथि प्रहरीले थप अनुसन्धान गर्न गौर भन्सार कार्यालयमा बुझाएको छ।