काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बिहीबारभन्दा दोब्बर बढेको छ।
बिहीबार काठमाडौं उपत्यकामा ८७ संक्रमित थिए शुक्रबार भने १६१ संक्रमित पुगेका छन्।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १११, ललितपुरमा ३० र भक्तपुरमा २० संक्रमित छन्।
यस्तै काठमाडौं उपत्यकामा १७९५ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौं ८११ ललितपुर ४९३ र भक्तपुरमा ४९१ संक्रिय संक्रमित छन्।
नेपालमा थप २७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा ९ हजार १६ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
७ हजार ६९१ जनाको पिसिआर परीक्षण र १३२५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
नेपालमा हाल ५ हजार ५२२ जना सक्रिय संक्रमित छन्।
२७० जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसको संक्रमणबाट ३ को मृत्यु भएको छ। अहिलेसम्म निको हुनेको दर ९७.९ प्रतिशत छ।