काठमाडौं उपत्यकामा १२५ जना संक्रमित थपिएका छन्।
जसमध्ये काठमाडौंमा ७६, भक्तपुरमा १३, ललितपुरमा ३३ गरी एक सय २५ संक्रमित थपिएका छन्।
नेपालमा थप २३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा ११ हजार २७६ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
७ हजार २३३ जनाको पिसिआर परीक्षण र ४०४३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
२७२ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसको संक्रमणबाट २ को मृत्यु भएको छ।