काठमाडौं उपत्यकामा थप १८४ जना संक्रमित थपिएका छन्।
जसमध्ये काठमाडौंमा १४०, भक्तपुरमा १६ र ललितपुरमा २८ गरी १८४ जना थपिएका हुन्।
यस्तै, काठमाडौंमा २१३० सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा १०४४, भक्तपुरमा ५०२ र ललितपुरमा ५८४ सक्रिय संक्रमित छन्।
नेपालमा थप ३२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा १२ हजार ४९८ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
९ हजार ७०० जनाको पिसिआर परीक्षण र २ हजार ७९८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
२५५ जना निको समेत भएको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा कोरोनाको संक्रमणबाट २ जनाको मृत्यु भएको छ।
अहिले सक्रिय संक्रमितको संख्या ५ हजार ५ पुगेको छ।