काठमाडौं उपत्यकामा २२२ संक्रमित थपिएका छन्।
जसमध्ये काठमाडौंमा १५६, भक्तपुरमा २१ र ललितपुरमा ४५ गरी २२२ जना थपिएका हुन्।
यस्तै काठमाडौं उपत्यकामा २२०८ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा १०९९, ललितपुरमा ५९५ र भक्तपुरमा ५१४ सक्रिय संक्रमित छन्।
नेपालमा थप ३९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा ९ हजार ३२९ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
७ हजार ७९४ जनाको पिसिआर परीक्षण र १ हजार ५३५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
२६३ जना निको समेत भएको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा कोरोनाको संक्रमणबाट ३ जनाको मृत्यु भएको छ।
अहिले सक्रिय संक्रमितको संख्या ५ हजार ९४ पुगेको छ।