प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुबी कर्ण सवार गाडी दुर्घटनामा परेको छ।
सप्तरीको विष्णुपुर गाउँपालिका-६ स्थित विष्णुपुर चोकमा अनियन्त्रित बुधबार साँझ गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ।
सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार ज१झ ४०६ नम्बरको गाडी अनियन्त्रित भई दुर्घटना हुँदा राज्यमन्त्री कर्णसहित ६ जना घाइते भएका छन्।
घाइते हुनेमा गाडी चालक सप्तरीको शम्भुनाथ नगरपालिका-६ का २५ वर्षीय विवेक मण्डल, राज्यमन्त्रीका सुरक्षा गार्ड तुलसीप्रसाद साह, खडक नगरपालिका-६ का ४० वर्षीय जयप्रकाश चौधरी, सोही नगरपालिकाको वडा नम्बर ८ का ४५ वर्षीय प्रथमलाल राम र राजविराज नगरपालिकाका ३० वर्षीय ध्रुव मण्डल छन्।
उनीहरू सबैको अवस्था समान्य रहेको प्रहरी नायब उपरीक्षक काफ्लेले बताए। स्थानीय मेडिकलमा घाइतेहरूको उपचार भइरहेको उनले जानकारी दिए।