कैलालीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
बिहीबार लम्कीचुहा नगरपालिका–७ भित्री सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको से ३ प ६१३५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएको थियो।
दुर्घटना हुँदा सोही ठाउँको चाकावाडी बस्ने मोटरसाइकल चालक २७ वर्षीय रमेश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको हो।
उनी सडकको कल्भर्टबाट खसेर मोटरसाइकलमा च्यापिएको अवस्थामा मृत फेला परेका थिए।