दाङको लमहीमा स्कार्पियो दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ।
दुर्घटनामा परी चालक लमही नगरपालिका ५ कोलहीका २५ वर्षीय विनोद चौधरी र लमही २ बरुवा गाउँका २८ वर्षीय प्रदीप चौधरी गम्भीर घाइते छन्। उनीहरूको उपचार बुटवलमा भइरहेको प्रहरीले जनाएको छ।
त्यस्तै, लमही ५ रातो डाँडाका १८ वर्षीया आकृति पाण्डे, सोही ठाउँकै २० वर्षीया सृजना सुनार, लमहीकै ३७ वर्षीया भानु गुप्ता, लमही ६ देउपुरकी १८ वर्षीया बिनिता लुहारको बाँकेको कोहलपुरमा उपचार भइरहेको छ।
साथीको बर्थ डे पार्टीबाट फर्किने क्रममा लु ३ च ८८० नम्बरको स्कार्पियो बिहीबार बिहान २ बजे दुर्घटना परेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी हवल्दार बिष्णु पाण्डेले जानकारी दिए।
लमही नगरपालिका वडा नम्बर ४ को सीमानामा पर्ने बगैसोताको पुलमा ठोक्किएर उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ।
चालकले मदिरा सेवन गरेका कारण उक्त दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ। उनीहरू पूर्वबाट पश्चिम लमहीतर्फ फर्किरहेका थिए।