ट्याक्टरको ठक्करले कैलालीमा पैदल यात्रीको मृत्यु भएको छ।
गोदावरी नगरपालिका ९ धनचौरीस्थित भित्री सडकमा ट्याक्टरले ठक्कर दिँदा कञ्चनपुरको कृष्णपुर नगरपालिका ६ मौरीफाटाका करिब ४० वर्षका करन भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ।
बिहीबार बेलुकी रा १ त ४६५३ नम्बरको ट्याक्टरले भट्टराईलाई ठक्कर दिएको थियो। सडकमा हिँड्दै गरेका उनलाई ट्याक्टरले ठक्कर दिएको थियो।
ट्याक्टर चालक धनगढी उपमहानगर ६ का ३६ वर्षका वीरबहादुर चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।