धनगढीमा ट्रकको ठक्करबाट घाइते भएकी श्रीमाया गुरूङको मृत्यु भएको छ।
पार्किङ गर्ने क्रममा: बिहीबार ट्रकले श्रीमायालाई ठक्कर दिँदा उनी घाइते भएकी थिइन्। उनको माया मेट्रो अस्पतालमा उपचारका क्रममा: मृत्यु भएको प्रहरीले जनाएको छ।
धनगढी उपमहानगर ३ त्रिनगर भन्सारमा सु.प.प्र.०१-००१ख २८५६ नम्बरको ट्रकले उनलाई ठक्कर दिएको थियो। बडहराकी ६५ वर्षीया श्रीमाया ट्रकको ठक्करबाट घाइते थिइन्।
उपचारको क्रममा: बिहीबार बेलुकी उनको निधन भएको हो। ट्रक चालक भने फरार छन्। ट्रक प्रहरी नियन्त्रणमा छ।