ललितपुरको कोञ्ज्योसोम-३ शंखु छापकमा करेन्ट लागेर बस चालकको मृत्यु भएको छ।
ललितपुर प्रहरीका प्रवक्ता प्रहरी उपरीक्षक प्रज्वल महर्जनका अनुसार गोटिखेलबाट चापागाँउतर्फ जाँदै गरेको बा ३ ख ४१०८ नम्बरको बसको टायर पञ्चर भई रोकीराखेको अवस्थामा पिसाब फेर्ने क्रममा करेन्ट लागेर बस चालक कोञ्ज्योसोम दलचोकी बस्ने ३५ वर्षीय शम्भु घिमिरेको मृत्यु भएको हो।
प्रवक्ता महर्जनका अनुसार करेन्ट लागेर घाइते भएका घिमिरेलाई उपचारका लागि कीर्तिपुर अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
बिहीबार साँझ ५ बजेर २५ मिनेटको समयमा घिमिरे ढलेपछि उठाउन जाँदा करेन्ट लागेको थाहा भएको थियो।