काठमाडौं, बसन्तपुरको हनुमानढोकास्थित शिलालेख तोडफोड गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी वृत्त जनसेवाका अनुसार मनमाया श्रेष्ठ नामकी महिलालाई पक्राउ गरिएको हो।
उनलाई सिसिटिभी फुटेजको आधारमा बिहीबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ।
श्रेष्ठको मानसिक अवस्था ठिक नभएको जनसेवाका प्रहरी नायब उपरीक्षक दिलबहादुर मल्लले जानकारी दिए।
यसबारे विस्तृत विवरण केहीबेरमा सार्वजनिक गर्ने प्रहरीको तयारी छ।