नेपालमा कोरोनाभाइरसको संक्रमण बढ्न थालेपछि सरकारले कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी) को बैठक राखेको छ।
शुक्रबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको बैठकमा कोरोना संक्रमणको पछिल्लो अवस्थाबारे छलफल भइरहेको छ।
बैठकमा सिसिएमसिसीका तर्फबाट नेपालमा कोरोना संक्रमणको अहिलेको अवस्था र आउन सक्ने चुनौतीबारे प्रिजेन्टेसन प्रस्तुत गरिएको छ भने स्वास्थ्य मन्त्रालयले परीक्षण र खोप अभियानबारे प्रस्तुति दिइएको छ।
पछिल्ला केही दिनयता नेपालमा कोरोनाको संक्रमण बढ्न थालेको छ। शुक्रबार स्वास्थ्य मन्त्रालयले पुस महिनामा थप २४ जनामा ओमिक्रोनको संक्रमण पुष्टि भएको जानकारी दिएको छ।
छिमेकी भारतमा बिहीबार एकैदिन १ लाख १६ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
भारतमा तीव्र भएसँगै नेपालका नाकाहरूमा पनि निगरानी बढाउनु पर्ने भएको छ।