काठमाडौं उपत्यकामा ३६९ संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २८४, भक्तपुरमा २३ र ललितपुरमा ६२ गरी ३६९ जना थपिएका हुन्।
यस्तै, काठमाडौं उपत्यकामा २६८० सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा १४५४, ललितपुरमा ६६४ र भक्तपुरमा ५६२ सक्रिय संक्रमित छन्।
नेपालमा एकैदिन ९६८ कोरोना संक्रमित थपिएका छन्।
पछिल्लो २४ घण्टामा १४ हजार ९७१ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
८ हजार २७२जनाको पिसिआर परीक्षण र ६ हजार ६९९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
२६२ जना निको समेत भएको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य छ।
अहिले सक्रिय संक्रमितको संख्या ५ हजार ७४१ पुगेको छ।