काठमाडौंको कलंकीमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ।
शनिबार राति पौने १० बजे कलंकी चोकमा बा ४ ख ६८४३ नम्बरको टिपरले बा २ ब ५४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको महानगरीय प्रहरी वृत्त कालिमाटीले जनाएको छ।
दुर्घटना हुँदा मोटरसाइकल चालक बझाङ घर भई ललितपुरको भैंसेपाटी बस्ने २४ वर्षीय बसन्त विष्टको मृत्यु भएको छ।
त्यस्तै मोटरसाइकलमै सवार बझाङ घर भई ललितपुरको धोविघाट बस्ने २६ वर्षीय निखिल बम घाइते छन्। उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
टिपरसहित धादिङ घर भएका चालक चन्द्रविर तामाङलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटना के कसरी भएको भन्ने अनुसन्धान भइरहेको वृत्तले जनाएको छ।