कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
बेलौरी नगरपालिका–६ का २३ वर्षीय मोटरसाइकल चालक अमर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको हो।
शुक्रवार बेलौरी नगरपालिका–५ रामनगरमा सुपप्र ०१०१० प ८२४७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको थियो।
सो दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सोही ठाउँका ३० वर्षीय करन चौधरी घाइते भएका छन्। उनलाई उपचारका लागि धनगढी ल्याइएको छ।
प्रकाशित मिति: शुक्रबार, माघ २०, २०७९, १५:१२:५८