सहिद स्मारक ए डिभिजन लिगमा नेपाल पुलिस क्लबले पहिलो जित हात पारेको छ।
आइतबार साँझ दशरथ रंगशालामा भएको खेलमा पुलिसले जावलाखेल युथ क्लबलाई १-० गोलले पराजित गरेको छ।
पुलिसको जितमा सुमन लामाले गरेको गोल निर्णायक सावित भयो। उनले खेलको ७० मिनेटमा उत्कृष्ट फिनिसिङ गरेका थिए।
रविशंकर पासवानले दिएको लामो पासमा सुमनले गोल गरेका थिए।
पुलिसले यसअघि पहिलो खेलमा त्रिभुवन आर्मी क्लबसँग १-१ गोलको बराबरी खेलेको थियो।
जावलाखेलको भने यो लगातार दोस्रो हार हो। यसअघि पहिलो खेलमा जावलाखेललाई मनाङ मर्स्याङ्दी क्लबले १-० गोलले नै पराजित गरेको थियो।