सहिद स्मारक ए डिभिजन लिगको चौथो चरणसम्मका खेल सकिएका छन्। चौथो चरणसम्ममा साविक विजेता मछिन्द्र फुटबल क्लब १० अंक जोड्दै शीर्ष स्थानमा छ।
मछिन्द्रले तीन खेलमा जित हात पार्दा एक खेल बराबरी खेल्यो। दोस्रो स्थानको मनाङ मर्स्याङ्दी क्लबले पनि १० अंक नै जोडेको छ।
मनाङले पनि समान तीन जित र एक बराबरी खेलेको छ। अपराजित रहेको तेस्रो स्थानको त्रिभुवन आर्मी क्लब र चौथो संकटा क्लबको समान ८-८ अंक छ। दुवैले समान दुई दुई जित र बराबरी खेलेका छन्।

चौथो चरणमा जावलाखेल युथ क्लब र नेपाल एपिएफ क्लबले अंक जोड्न सफल भएका छन्। जावलाखेलले ब्रिगेड ब्वाइजसँग र एपिएफले थ्रीस्टारसँग गोलरहित बराबरी खेल्दै अंक जोड्न सफल भएका हुन्।
चौथो चरणमा जम्मा ९ गोल भएका छन्। जबकी अघिल्लो चरणमा १८ गोल भएको थियो। चार चरणमा गरी कुल ५० गोल पूरा भएको छ।
चौथो चरणको खेलका नतिजा
जावलाखेल युथ क्लब ० – ० ब्रिगेड ब्वाइज क्लब
संकटा क्लब १ – ० नेपाल पुलिस क्लब
थ्रीस्टार क्लब ० – ० एपिएफ फुटबल क्लब
हिमालयन शेर्पा क्लब ० – ३ मछिन्द्र क्लब
सातदोबाटो युथ क्लब ० – १ न्युरोड टिम
च्यासल युथ क्लब ० – २ त्रिभुवन आर्मी फुटबल क्लब
मनाङ मर्स्याङ्दी क्लब २ – ० फ्रेण्ड्स क्लब
जम्मा गोल : ९
तेस्रो चरणका खेलका नतिजा
जवालखेल युथ क्लब ० – २ मछिन्द्र फुटबल क्लब
हिमालयन शेर्पा क्लब १ – १ नेपाल पुलिस क्लब
ब्रिगेड ब्वाइज क्लब ० – १ त्रिभुवन आर्मी फुटबल क्लब
च्यासल युथ क्लब १ – १ न्युरोड टिम
संकटा क्लब २ – २ मनाङ मर्स्याङ्दी क्लब
सातदोबाटो युथ क्लब ४ - १ एपिएफ फुटबल क्लब
फ्रेण्ड्स क्लब १ – १ थ्री स्टार क्लब
जम्मा - १८ गोल
ह्याट्रिक - १ (अजयी मार्टिन्स-सातदोबाटो युथ क्लब)
दोस्रो चरणका खेलका नतिजा
त्रिभुवन आर्मी फुटबल क्लब ० – ० मछिन्द्र फुटबल क्लब
ब्रिगेड ब्वाइज क्लब ० - ० न्युरोड टिम
जावलाखेल युथ क्लब ० – १ नेपाल पुलिस क्लब
हिमालयन शेर्पा क्लब ० – १ मनाङ मर्स्याङ्दी क्लब
च्यासल युथ क्लब १ – ० एपिएफ फुटबल क्लब
संकटा क्लब २ – १ फ्रेण्ड्स क्लब
सातदोबाटो युथ क्लब १ – ० थ्रीस्टार क्लब
जम्मा – ७ गोल
पहिलो चरणका खेलका नतिजा
मछिन्द्र फुटबल क्लब २- १ न्युरोड टिम
त्रिभुवन आर्मी फुटबल क्लब १ – १ नेपाल पुलिस क्लब
जावलाखेल युथ क्लब ० – १ मनाङ मर्स्याङ्दी क्लब
ब्रिगेड ब्वाइज क्लब ३- २ एपिएफ फुटबल क्लब
च्यासल युथ क्लब ० – ३ थ्री स्टार क्लब
हिमालयन शेर्पा क्लब १ – १ संकटा क्लब
फ्रेण्ड्स क्लब ० – ० सातदोबाटो युथ क्लब
जम्मा गोल - १६ गोल