आगामी जनवरी २९ र फेब्रुअरी १ तारिकमा काठमाडौंमा हुने अफ्रिकी राष्ट्र मौरिससविरूद्ध खेल्ने मैत्रीपूर्ण खेलको लागि नेपालले ३४ सदस्यीय टोलीलाई बन्द प्रशिक्षणमा बोलाएको छ।
अखिल नेपाल फुटबल संघ एन्फाले पहिलो चरणमा छानेका ३४ खेलाडीमा विमल घर्तिमगरले कमब्याक गरेका छन्। यस्तै भरत खवास अटाएका छैनन्।
राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी नेपाल आएपछि जारी ए डिभिजन लिगमा गरेको प्रदर्शनका आधारमा ३४ खेलाडीलाई बन्दप्रशिक्षणमा बोलाएका हुन्।
यसमा मच्छिन्द्रबाट सात जना खेलाडी पर्दा मनाङ, आर्मी र एनआरटीका चार-चार खेलाडी परेका छन्।
पहिलो चरणमा पर्ने खेलाडीहरू
- विशाल श्रेष्ठ- गोलकिपर (मछिन्द्र फुटबल क्लब)
- दिप कार्की- गोलकिपर (हिमालयन शेर्पा)
- किरण कुमार लिम्बु- गोलकिपर ()
- सत्रुघन चौधरी- गोलकिपर (नेपाल पुलिस क्लव)
- टिकेन्द्र थापा- गोल किपर (जावलाखेल युथ क्लब)
- आशिष लामा- (एपिएफ)
- आयुष घलान- (थ्रीस्टार)
- आकाश बुढामगर- (सातदोबाटो युथ क्लब)
- अन्नत तामाङ- (थ्रीस्टार)
- अञ्जन विष्ट- (मनाङ मर्स्याङ्दी क्लव)
- एरिक विष्ट- (एनआरटी)
- विमल घर्तीमगर- (मछिन्द्र फुटबल क्लब)
- विशाल राई-(मछिन्द्र फुटबल क्लब)
- दर्शन गुरूङ-(एनआरटी)
- देवेन्द्र तामाङ- (मछिन्द्र फुटबल क्लब)
- दिनेश हेमजन- (त्रिभुवन आर्मी क्लव)
- दिनेश राजवंशी- (मनाङ मर्स्याङ्दी क्लव)
- गौतम श्रेष्ठ - (त्रिभुवन आर्मी क्लव)
- कमल थापा- (हिमालयन शेर्पा क्लव)
- कृतिश रत्न छुन्जु – (एनआरटी)
- मनिष डाँगी-(मछिन्द्र फुटबल क्लब)
- नविन गुरुङ- (एनआरटी)
- नितिन थापा- (मनाङ मर्स्याङ्दी क्लव)
- पुजन उपरकोटी- (मनाङ मर्स्याङ्दी क्लव)
- सन्तोष तामाङ- (त्रिभुवन आर्मी क्लव)
- शुभाष गुरूङ- संकटा क्लव
- सुदिप गुरूङ- (सातदोबाटो युव क्लव)
- सुजल श्रेष्ठ -(मछिन्द्र फुटबल क्लब)
- सुमन अर्याल-(त्रिभुवन आर्मी क्लव)
- सुमन लामा- (नेपाल पुलिस क्लव)
- सुनिल बल-(मछिन्द्र फुटबल क्लब)
- सुरज ज्यू ठकुरी- (जावलाखेल युथ क्लव)
- सुशील राई- (सातदोबाटो युव क्लव)
- तेज तामाङ- (नेपाल पुलिस क्लव)