नयाँ बानेश्वरमा दुई पर्दासहितको मल्टिप्लेक्स खुलेको छ।
नयाँ बानेश्वरमा रहेको आइप्लेक्स मलमा बिहिबार ‘वान सिनेमाज’ मल्टिप्लेक्स हलको उद्घाटन गरिएको हो।
पर्यटनमन्त्री योगेश भट्टराईले उक्त हलको उद्घाटन गरेका हुन् । सो स्थानमा पहिला शिव दर्शन हल संचालन हुँदै आएको थियो र सो हल भत्काएर बनाइएको मलमा 'वान सिनेमाज' संचालन गरिएको हो।
फोके प्रविधि मा सिनेमा देखाउने दुई पर्दाको कुल दर्शक क्षमता ४ सय १० रहेको छ।
हल नेपाली निर्माता प्रभू शम्शेर जबराका छोरा प्रज्वल शम्शेर जबराले संचालनमा ल्याएका हुन्।
हल पूर्णरूपमा तयार भएपनि कागजी प्रक्रिया नपुगेकाले हल दशैंबाट संचालनमा आउनेछ।
संचालक प्रज्वलले नयाँ खोलिएको सिनेमा हलले अन्तराष्ट्रिय स्तरको सिनेमा अनुभव दिने बताए।
हलमा सुतेर सिनेमा हेर्न चाहने दर्शकका लागि त्यही अनुरुपको सिट पनि राखिएको छ । हलका सञ्चालक तथा सिनेमा निर्माता प्रभु शम्शेरका छोरा प्रज्वल शम्शेर राणाले दर्शकलाई फरक रुपमा सिनेमा हेर्ने अनुभव लिनका लागि यस प्रकारको सिटको राखिएको बताए ।
निर्माता प्रज्वल राणाले आइप्लेक्सले निकट भविष्यमा सिनेमा वितरण र ‘वान सिनेमाज’ को फ्रेन्चाइज विस्तार गर्ने पनि जानकारी दिए ।