नेपाल स्टक एक्चेन्ज (नेप्से) ५.१७ अंकले घटेर १२२५.५० अंकमा पुगेको छ । बुधबार १२३०.९८ अंकबाट कारोबार सुरु भएको शेयर बजार दिनभरिनै ओरालो लागेको थियो । नेप्से अंक सँगै ठुला कम्पनीको कारोबार गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.२२ अंकले घटेर २६५.९३ अंकमा पुगेर रोकिएको छ ।
बुधबार कारोबार रकम पनि घट्यो । दिनभरिमा जम्मा २५ करोड ७२ लाखमा रुपैयाँको कारोबार भयो । १ सय ६९ कम्पनीको कारोबार भएको आज १० लाख ६९ हजार कित्ता शेयर विक्री भयो ।
आज सबैभन्दा बढी नेपाल बैंक लिमिटेडको शेयर कारोबार भयो । दिनभरिमा नेपाल बैंकको २ करोड १० लाखको कारोबार हुदाँ त्यसपछि रसुवागढी जलविद्युत कम्पनीको शेयर १ करोड ५८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो ।
नेप्सेमा ओरालो लागेसँगै माइक्रोफाइनान्स बाहेक सबै उपसूचकको शेयर घटेको छ । दिनभरिमा माइक्रोफाइनान्स ०.१४ अंकले बढ्यो । सबैभन्दा बढी जीवन बीमाको शेयर २२.०६ अंकले घट्यो । यस्तै निर्जीवन बीमाको शेयर १०.३६ तथा होटल उपसमूहको १२.२१ अंकले घट्यो ।
बुधबारको कारोबारमा विजय लद्युवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी कमाए भने सबैभन्दा बढी गुमाउनेमा वल्र्ड मचेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडका लगानी कर्ता छन् ।