जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको बैठकले संसदीय दलको विधानलाई सर्वसम्मतले पारित गरेको छ।
जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षले सिंहदरबारमा संसदीय दलको बैठक बोलाएर विधान पारित गरेको हो। विधानलाई अनुमोदनका लागि कार्यकारिणी समितिमा पठाइएको छ।
जसपाको ५१ सदस्यीय कार्यकारिणी समितिमा भट्टराई-यादव पक्षमा ३० जनाभन्दा बढी छन्।
बैठकमा संघीय संसदका २० जना सांसदले हस्ताक्षर गरेका छन्। संघीय संसदमा जसपाका ३५ जना सांसद छन्।
यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने क्रममा जसपाका २० जना सांसद सत्तापक्षको कुर्सीमा बसेको थिए।
जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर पक्ष भने विपक्षको कुर्सीमा बसेको थियो।
प्रतिनिधिसभामा जसपाका ३२ सांसद छन्। राष्ट्रिय सभामा तीन सांसद छन्।