नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशन भोलि (शुक्रबार) देखि चितवनमा हुँदैछ।
नारायणी किनारमा उद्घाटन र त्यसपछि सौराहमा बन्द सत्र तथा मतदानका कार्यक्रम हुनेछन्।
नेता तथा कार्यकर्ताहरू चितवन आउने क्रम बढेसँगै चहलपहल देखिएको छ।
एमाले महाधिवेशन प्रचारका लागि चितवनका विभिन्न ठाउँ सजाइएका छन्।
अध्यक्ष केपी शर्मा ओलीका ठूला फोटा सडक किनारमा राखिएका छन्। एमालेको झन्डासमेत बिजुलीका पोलहरूमा राखिएको छ।
भरतपुर, टिकौलीलगायत क्षेत्रमा एमालेले पार्टीको झन्डा राखेको छ भने नेताका फोटासमेत राखिएका छन्।
तस्बिरहरू: