दरबारमार्गको भिक्ट्री लाउन्जमा आगलागी भएको छ।
आइतबार साँझ करिब ६ : १० बजे भिक्ट्री लाउन्जमा आगलागी भएको महानगरीय प्रहरी वृत्त दरबार मार्गले जनाएको छ।
प्रहरीका अनुसार आगो निभाउने प्रयास भइरहेको छ।
‘५/६ वटा दमकलबाट आगो निभाउने कार्य भइरहेको छ’, प्रहरी नायब निरीक्षक गोविन्द नायकले भने, ‘कुनै पनि मानवीय क्षति भने भएको छैन।’
घटना कसरी घट्यो भने खुल्न नसकेको उनले बताए।