गत साल रिलिज भएको ‘इन्टु मिन्टु लन्डन’माका निर्माता प्रज्जवल शम्शेर राणा तथा निर्देशक एवम कोरियोग्राफर रेनेशा बान्तवा राईले आइतबार इन्गेजमेन्ट’ गरेका छन्।
उनीहरूले लामो समयदेखीको प्रेमलाई विवाहमा परिणत गर्न लागेका हुन्। दुबैले वैशाख २४ मा बिबाह गर्नेछन्। यू दुबैको प्रेम एक दशकअघि निर्माण भएको ‘मेरो एउटा साथी छ’बाट सुरू भएको बताइन्छ। त्यतिबेला रेनेशा सिनेमाकी कोरियोग्राफर थिइन्।
प्रज्जवल आइकोर फिल्मस्का मालिक प्रभु शम्सेर जबराका छोरा हुन् । अहिले यो कम्पनी प्रज्जवले चलाउँदै आएका छन् । यो कम्पनीबाट यस वर्ष दुई सिनेमा निर्माण हुँदैछ ।
विवाहपछि पनि सिनेमा निर्देशन र कोरियोग्राफीलाई निरन्तरता दिने रेनशाले बताएकी छिन् । विवाह लगत्तै उनी सिनेमा ’आई एम ट्वान्टिवान’ निर्देशन गर्दै्छिन् । यसलाई प्रज्जवलले निर्माण गर्दैछन् ।
गत वर्ष प्रदर्शनमा आएको फिल्म ’इन्टु मिन्टु लण्डनमा’ बाट रेनशाले निर्देशनमा डेब्यू गरेकी हुन्।
’आई एम ट्वान्टिवान’ मा ’इन्टु मिन्टु लण्डनमा’ बाट सफल डेब्यू गरेका धिरज मगरको मुख्य भूमिका रहनेछ । योसँगै प्रज्जवलले दशक अगाडिको सुपरहिट सिनेमा ’मेरो एउटा साथी छ’को सिक्वेल पनि निर्माण गर्दैछन् । यसलाई निर्देशक दिनेश राउतले निर्देशन गर्ने तय भइसकेको छ ।