गायक कृशल कडेल र मिनराज पौडेलको स्वरमा रहेको 'बरि लै' बोलको गीतको म्युजिक भिडियो सहित सार्वजनिक भएको छ।
यी दुई गायक नेपाल आइडलको दोस्रो सिरिजमा सहभागी भएपछि चर्चित बनेका थिए।
मिनराजले पहिलो गोल्डन माइक जितेर चितवनको अडिसनबाट सोझै गाला राउन्ड प्रवेश पाएका थिए भने कृशल आफ्नो लुक्स र परिपक्व गायकीका कारण दर्शक तथा स्रोताहरुको मन जित्न सफल भएका थिए।
लोक शैलीको यस युगल गीतलाई नृपेश उप्रेतीले लेखेका हुन्। गीतमा संगीत पन उनैको रहेको छ। लामो समय देखि गीत गजल लेखनमा सक्रिय नृपेशले पहिलो पटक आफैले यस गीतमा संगीत भरेका हुन्। यसमा संगीत संयोजन युवा संगीतकार एबम गायक पुरुषोत्तम सुवेदीको रहेको छ।
म्युजिक भिडियोलाई प्रविन थापाले निर्देशन गरेका हुन्। भिडियोमा स्वयं गायक द्वय कृशल र मिनराजले चर्चित मोडल करिष्मा ढकालसँग अभिनय गरेका छन्।