नेपाल स्टार मोडल २०१९ को ताज मल्लिका बुढाथोकीले जितेकी छन्। मोस्ट ब्युटिफुल उपाधि समेत हात पारेकी बुढाथोकी १५ प्रतियोगीलाई पछि पार्दै शिर्ष बिजेता हुन सफल भएकी हुन्।
राजधानीको जमल स्थित राष्ट्रिय नाचघरमा आयोजित अन्तिम स्पर्धामा सृजना मैनाली फष्र्ट रनर अप र सुभाष तामाङ सेकेन्ड रनरअप घोषित भए। मैनालीले बेष्ट वाक, मोस्ट फ्रेण्ड्ली उपाधि समेत हात पार्दा तामाङले मोस्ट कन्फिडेन्ट उपाधिमा चित्त बुझाए।
सिद्धि मिडिया आयोजक रहेको प्रतियोगितामा सागर श्रेष्ठले मल्टिमिडिया च्वाइस, भ्युयुर च्वाइस्, मोस्ट पपुल र मोष्ट ट्यालेनट समेत गरि ४ उपाधि हात पारे।
पुर्व प्रधान सेनापती रुकमाङ्गद कटुवाल मुख्य अतिथि रहेको कार्यक्रममा अभिनेतृ संचिता लुईटेल, समाजसेवी कृष्ण देवकोटा, नेपाल्स् चब्बी मोडलको फष्ट रनरअप मिनु तामाङ, जीना ताम्राकार, अनिल विर सिंह तुलाधर प्रतियोगिताको निर्णायकमा थिए।
१६ देखि ४० वर्षसम्मका विवाहित, अविवाहित विद्यार्थी, गृहणी, कामकाजी ब्यक्ति, शिक्षक, कर्मचारी, व्यवसायी लगायत सबैलाई ब्यक्तित्व बिकासका लागि उपयुक्त प्लेटफर्म दिने उद्देश्यले प्रतियोगिता आयोजना हँुदै आएको सिद्धि मिडियाका प्रबन्ध निर्देशक अमित शाहले बताए।