टिकटक जोडी सरोज प्रजा र बिना राउतको 'होइ मेरो संसार' बोलको म्युजिक भिडिओ सार्वजनिक भएको छ। सोमबार युट्युबमा सार्वजनिक यो गीतको भिडियोे विधान कार्कीले निर्देशन गरेका हुन्। गीतमा दीपक शर्माकोे शब्द तथा संगीत छ।
अमेरिकामा बस्दै आएका गायक विन्ती कुमार गुरुङ र गायिका शान्ता अर्यालको स्वर रहेको गीतमा गाउँबाट शहर जान लागेका युवक र उनलाई रोक्न प्रयास गर्ने युवतीको कथा देखाइएको छ। भिडिओमा सुभाष कार्की ‘बेलबासे’को पनि अभिनय हेर्न पाइन्छ।
नवराज उप्रेतीको छायांकन रहेको गीतको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन्।