म्युजिक भिडिओमा दर्शकले मोडल तथा अभिनेत्री मलिका महतलाई विशेष रुचाउँदै आएका छन्। उनै मलिकालाई निर्देशक राजेश पुमा राईले 'नजर झुकेझैं लाग्यो' बोलको गीतमा नयाँ अवतारमा प्रस्तुत गरेका छन्।
थ्रि मंकिज प्रोडक्सनको पहिलो प्रस्तुति 'नजर झुकेझैं लाग्यो' मा मलिका चिया बेच्ने युवतीको भूमिकामा देखिएकी छन्। कमल खत्रीको स्वर-संगीत रहेको यो गीतको शब्द सुजन कोइरालाले लेखेका हुन्।
यो रोमान्टिक गीतको भिडिओमा निराजन प्रधान मलिकाको प्रेमी जोडी बनेका छन्। चित्रकारको भूमिकामा निराजन र 'चियावाली' को भूमिकामा मलिकाको जोडी सुहाएको छ।