छोटो समयमा देशका विभिन्न ठाउँमा ८५ भन्दा बढी आउटलेट विस्तार गरिसकेको ‘साथी मार्ट’ को ब्रान्ड एम्बेस्डरमा महानायक राजेश हमाल नियुक्त भएका छन्।
बिहीबार राजधानीमा एक कार्यक्रमबीच ‘साथी मार्ट’ का फाउन्डर तथा सिइओ सागर पोखरेल र नायक हमालबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो।
हमालले विभिन्न माध्यमबाट ‘साथी मार्ट’ को प्रचार–प्रसार गर्नेछन्। कार्यक्रममा मार्टका सिइओ पोखरेलले हमालका कारण ‘साथी मार्ट’ लाई ब्रान्डिङ गर्न थप सहयोग पुग्ने बताए।
त्यस्तै, महानायक हमालले सार्वजनिक व्यक्ति भएपछि कुनै उत्पादन र कम्पनीमा जोडिँदा त्यसको विश्वसनियता र उद्देश्य के हो भन्ने कुराले महत्त्व राख्ने बताए।
आईएसओ ९००१ः२०१५ प्रमाणित कम्पनी ‘साथी मार्ट’ ले रिटेल चेन स्टोरको अपरेसन, अनलाइन सपिङ, एफिलिएट मार्केटिङ, स्थानीय र अन्तर्राष्ट्रिय उत्पादनहरुको वितरणमा आइएसओ स्ट्यान्डर्ड प्राप्त गरेको छ।
‘साथी मार्ट’ ले आफ्ना सबै मार्टमा यस आर्थिक बर्षमा तीनसय प्रतिशतसम्मको बिक्री बढाउने योजना रहेको बताएको छ। बिक्री बढाउन छुट, नेशनल कस्टमर मेम्बरसिप, एफिलिएट मार्केटिङ, नयाँ अफर, फल्यास सेल्स, मेड इन नेपाल कलेक्सन, पिक अप सुविधा र अनलाइन सेल्सलाई प्राथमिकता दिइएको बताइएको छ।
‘साथी मार्ट’ को यसै वर्ष दुई सय आउलेट खोल्ने तयारी भइरहेको पनि सिइओ पोखरेलले बताए। आफूहरूले काठमाडौंभन्दा बाहिरका स्थानलाई प्राथमिकतामा राखेको बताउँदै पोखरेलले रिटेल मार्केटलाई गाउँ गाउँसम्म पुर्याउने लक्ष्य बोकेको बताए।