थारू लभ सङ ‘ओ सजन’ को सिक्वेल ‘ओ सजन २’ सार्वजनिक भएको छ।
थारू भाषामा प्रेमी/प्रेमिकालाई ‘ओ सजन’ भनेर सम्बोधन गर्ने गरिन्छ। गीतमा थारु भाषामा जमिरहेका गायक नरेश जोगी, गायिकाद्धय अनु चौधरी र सोनु कुश्मीले स्वर दिएका छन् ।
रोमान्टिक शैलीमा तयार पारिएको गीतमा अभिनेता पल शाह फिचर्ड छन्। गीतमा उनी र मधेशी समुदायबाट उदाएकी मोडल कविता रायको क्यामेस्ट्री देख्न सकिन्छ।
गीतको शब्द र संगीत पनि नरेश जोगीकै हो । गीतमा सहकलाकारका रुपमा कृष्ण जोशी, जुरी ठाकुर, विद्या कार्की, लोकेन्द्र राज चौधरी पनि फिचर्ड छन्।
गीतको भिडियोमा विक्रम चौहानले निर्देशन र कोरियोग्राफी गरेका छन्।