काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को २३ औं संस्करण बुधबारदेखि काठमाडौंमा सुरू भएको छ।
यस वर्षको महोत्सव भारतकी निर्देशक त्रिवेणी राई निर्देशित पुरस्कारप्राप्त फिल्म 'छोरा जस्तै' (सेप अफ मोमो) को नेपाल प्रिमियरबाट उद्घाटन भएसँगै किम्फ सुरू भएको हो।
ठमेलस्थित क्यूएफएक्स छायाँ सेन्टरमा आयोजित ५ दिने महोत्सवमा २९ देशका ५० भन्दा बढी फिचर, वृत्तचित्र, छोटा तथा साहसिक फिल्महरू प्रदर्शन हुँदैछन्।
महोत्सवअन्तर्गत 'नेपाल पानोरमा' खण्डमा नेपाली समाज र समकालीन जीवनलाई उजागर गर्ने फिल्महरू पनि समावेश गरिएका छन्।
महोत्सव निर्देशक रम्यता लिम्बूका अनुसार यस वर्षको किम्फले मनोरञ्जनसँगै सामाजिक विषयमा गम्भीर संवादलाई पनि प्राथमिकता दिएको छ।
उनका अनुसार चयन गरिएका फिल्म तथा कार्यक्रमहरूले नेपाली समाजलाई असर गरिरहेका समसामयिक विषयमाथि बहस सिर्जना गर्ने विश्वास गरिएको छ।
नेपाल–स्विट्जरल्याण्ड कूटनीतिक सम्बन्धको ७० औं वर्षगाँठको अवसरमा 'अल्पाइन अलायन्सेसः न्यु वेभ अफ नेपाली सिनेमा' शीर्षकमा विशेष अन्तरक्रिया कार्यक्रम आयोजना हुँदैछ। यसमा वक्ताका रूपमा भर्खर कान्समा पुरस्कार जितेर फर्किएको फिल्म 'एलिफेन्ट्स इन् द फग' का लेखक तथा निर्देशक अविनाशविक्रम शाहसहित ‘शाम्बाला’ का लेखक तथा निर्देशक मीन भाम र निर्माता रामकृष्ण पोखरेल (आइसफल प्रोडक्सन)सहभागी हुनेछन्।
उनीहरूसँग अन्तर्राष्ट्रिय फिल्म प्रोग्रामर दीप्ति डी’कुन्हा सहजकर्ताको रूपमा रहनेछिन्।
त्यस्तै, 'ह्वाट्स इन अ स्टोरी-सिनेमा एन्ड सेन्सरशिप' शीर्षकमा प्यानल छलफल पनि हुनेछ।
नेपाल–जापान कूटनीतिक सम्बन्धको ७० वर्ष पूरा भएको अवसरमा जापानी निर्देशक साकामोटो जुन्जी निर्देशित 'क्लाइम्बिङ फर लाइफ' विशेष प्रदर्शन गरिनेछ।
यो फिल्म सगरमाथा आरोहण गर्ने पहिलो महिला जुनको ताबेईको जीवनमा आधारित छ।
महोत्सवमा काठमाडौं डक ल्याबको दोस्रो संस्करण, छोटा फिक्सन ल्याब, स्क्रिप्ट पिचिङ फोरम तथा युवाकेन्द्रित 'आशाः ड्रीम्स इन मोसन' कार्यक्रम पनि समावेश छन्।
तस्बिरहरू:
-1779880841.jpg)
-1779880842.jpg)
-1779880842.jpg)
-1779880841.jpg)
-1779880840.jpg)
-1779880841.jpg)
-1779880841.jpg)
-1779880841.jpg)
-1779880840.jpg)
-1779880839.jpg)
-1779880839.jpg)
-1779880838.jpg)
-1779880838.jpg)
-1779880838.jpg)
-1779880839.jpg)
-1779880839.jpg)
-1779880838.jpg)